विद्यालयका सटर बन्द नगराउन अदालतको अल्पकालीन अन्तरिम आदेश

बकैया दर्पण संवाददाता
३१ जेष्ठ २०८१, बिहीबार १६:०७

बकैया दर्पण  : उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई सामुदायिक विद्यालयबाट भाडामा लिएका सटर बन्द नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश लेखनाथ पौडेलको इजलासले असार ७ सगतेम्मका लागि सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए।

उनका अनुसार असार ७ मा नै अन्तरिम आदेशको छलफलका लागि काठमाडौं महानगरपालिकालाई पनि बोलाएको छ।

महानगरपालिकाले शिक्षा ऐन २०२८ को दफा १६, शिक्षा नियमावलीको नियम १५८ र १५९ अनुसार उद्देश्य पूरा नभएको देखिएको भन्दै मंगलबारदेखि सटरहरूमा ताला लगाउन थालेको थियो।

उक्त कार्यविरुद्ध तुलसीप्रसाद अगस्तीले मङ्गलवार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*