रहेनन रेफ्री अकिल लाल श्रेष्ठ

बकैया दर्पण संवाददाता
२४ जेष्ठ २०८१, बिहीबार १३:३१

बकैया दर्पण :  मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष तथा जिल्ला कै सक्रिय रेफ्री समेत रहेका अकिल लाल श्रेष्ठको ४० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

परिवारिक स्रोतका अनुसार बुधबार छातीमा दुखाई भएपछि अस्पताल लगेर परीक्षण समेत गराइएको थियो । यद्यपि राती थप दुखाई बढेपछि उनलाई अस्पताल लैजाने क्रममा निधन भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

हेटौडा–१३ का स्थानीय वासिन्दा समेत रहेका दिवंगत रेफ्री श्रेष्ठको बिहीबार नै अन्त्येष्टी गरिने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष लामाले बताए । साथै रेफ्री श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले बिहिबार शोक मनाउँदै जिल्लाभर फुटबलका क्रियाकलाप रोक्न आग्रह समेत गरेको छ । श्रेष्ठको श्रीमति र एक छोरा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*