विद्युत भोल्टेज नपुग्दा स्थानीयलाई सास्ती

बकैया दर्पण संवाददाता
१९ जेष्ठ २०८१, शनिबार २१:५१

बकैया दर्पण : वकैया गाउँपालिकाको अधिकांश स्थानहरुमा विद्युत प्राधिकरणले भोल्टेज सुधार नगर्दा स्थानीयहरू समस्यामा परेका छन् । वडा नम्बर ७ को भीरकोट ,कान्द्राङ ,कोलखहरे र हिरामनि क्षेत्रमा विद्युत भोटेज नपुग्दा स्थानीयले सास्ती व्यहोर्नु परेको हो ।

स्थानीय कमान सिंह थिङले वकैया दर्पनलाई विद्युत क्षमता नपुग्दा फ्रिज ,पंखा , पानी तान्ने मेसिन चलाउन नपाएको गुनासो व्यक्त गर्दै सम्बन्धित निकाएको ध्यान नगएको बताउनु भयो ।

यता स्थानीयको गुनासोलाई सम्बोधन गर्दै आगामी दिनमा चाडै यो समस्याको समाधान हुने बाकैया फ्युज सेवाका प्रमूख अर्जुन तामाङले जानकारी गराउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*