बकैयामा २४ औं अन्तर्राष्ट्रिय दुग्ध दिवस विभिन्न कार्यक्रम गर्दै मनाइयो
बकैया दर्पण : “दुध तथा दुधजन्य पर्दाथको सेवन गरौ स्वस्थ्य बनौं”भन्ने मुल नाराको साथ २४ औं अन्तर्राष्ट्रिय दुग्ध दिवस विभिन्न कार्यक्रम आज बकैयामा सम्पन्न भएको छ।
कार्यक्रममा बकैया गाउँपालिका कृषि उपज तथा संकलन सेवा केन्द्र बाट गत बैशाख २८ गते देखि बकैया दुग्ध उत्पादन सहकारी सस्था बाट संकलन गरि दूध बिक्री गरिएको थियो ।
उक्त बिक्री गरिएको दुधको सम्झौता गरे बमोजिमको रकमको चेक मार्फत सिवपुरी फ्रेस डे डिरि उध्योग द्वारा पालिकालाई हस्तान्तरण गरेका छन ।
अबको २,३ भित्रमा बकैया दुग्ध सहकारी सस्थाको खाताम जम्मा गर्ने कृषि उपज संकलन तथा बिक्रि केन्द्रका ब्यवस्थापक बिकाश श्रेष्ठल बकैया दर्पणलाई जानकारी दिनु भएको हो ।
कर्यक्रमको सभा अध्यक्षमा पालिका अध्यक्ष धर्मराज लामिछने साथै दुग्ध संकलन केन्द्र काे समिती काे सदस्य लगाएत बकैया काे सम्पुर्ण सहकारीकाे व्यवस्थापन समिति र कर्मचारी उपस्थितिमा रहेको थियो ।
कार्यक्रममा बोल्नुहुदै पालिका अध्यक्ष धर्मराज लामिछानेले निकै समय देखि कृषकको दुधको पैसा नपाउने समस्य समाधान हुने आश पलाएको र अब ती समस्या बिस्तारै समाधान हुँदै जाने कुरामा ढुक्क रहेको उक्त कार्यक्रममा बताउनु भयो ।
तेस्तै आजै बागमती प्रदेश उद्योग वाणिज्य ,भुमि प्रशासन मन्त्री लगाएतका माननीज्युहरूकाे टाेलिले बकैया वडा नं ७ मा रहेको कृषि औद्योगिक ग्रामकोकाे अबलाेक गर्नु भएको थियो । अब चाडै उक्त औद्योगिक ग्राम संचालन आउने बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछनेले जानकारी दिए ।