शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०८१, शुक्रबार १६:०८

बकैया दर्पण : बकैया गाउँपालिका वडा नं ११ मा शुक्रबार स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक वर्ष ०८०र ०८१ को योजना अन्तरगत बकैया गाउँपालिका वडा नं ११ मा रहेका ६ वटा बिद्यालयको ७४ जान गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामाग्रि प्रदान गरेको हो ।

विद्यार्थीहरु नियमित स्कूल आउने र शैक्षिक क्षेत्रलाई गुण्स्तरीय बनाउने उद्देश्यले स्टेशनरी सामाग्रि वितरण गरेको बकैया गाउँपालिका वाडा नं ११ का वडा अध्यक्ष गोपाल बहादुर न्येसुरले बताए ।

बकैया गाउँपालिका वडा नं ११ मा रहेको कालिदेबी आ. बि. जनहित आ. बि. बुद्ध आ.बि. प्रगतिशिल आ. बि लाल किरण आ.बि. र बाघ भैरभ आ.बि. का छात्र छात्राहरुलाई कापी, कलम र कलम प्रदान गरेको वडा नं ११ का अध्यक्ष गोपाल बहादुर न्येसुरले बकैया दर्पणलाई जानकारी दिए ।

बकैया गाउँपालिका वडा नं ११ मा ६ वटा आधारभूत विद्यालय रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*