सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति

बकैया दर्पण संवाददाता
१४ जेष्ठ २०८१, सोमबार १७:०८

बकैया दर्पण : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । तेस्रो पटक थप ५ दिन म्याद थप गर्न प्रस्ताव गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एकजना अधिकृतले बताए ।

प्रहरीले सरकारी वकिल कार्यालय मार्फत सिरोहियालाई म्याद थपका लागी अदालतमा उपस्थित गराउँदै छ । यसअघि उनलाई अदालतले दुई पटकमा ६ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*