म्याजिक भ्यानको ठक्कर बाट श्याम बहादुरको मृत्यु

बकैया दर्पण संवाददाता
१३ जेष्ठ २०८१, आईतवार १८:४६

बकैया दर्पण : हेटौँडामा म्याजिक भ्यानको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

शनिबार राति हेटौँडा–३ तिनताप्के नजिक नेवारपानीबाट लेवट तर्फ जादै गरेको ना १ ज ७५६० नम्बरको म्याजिक भ्यानले ठक्कर दिदा हेटौँडा १२ बनस्पति बस्ने अन्दाजी ५५ वर्षिय श्याम बहादुर विकको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

भ्यानको ठक्करबाट गम्भीर घाइते विकको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने म्याजिक र चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–३ बसामाडी बस्ने २२ बर्षिय अनुज लामालाई प्रहरी चौकी लेवटले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*