ट्रकको ठक्करबाट घाइते भएका कार्कीको उपचारका क्रममा मृत्यु

बकैया दर्पण संवाददाता
१३ जेष्ठ २०८१, आईतवार १०:०६

बकैया दर्पण । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँ बजार स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट घाइते भएका एक जनाकोे उपचारका क्रममा मृत्यु भएको छ ।

 

हेटौडाबाट चितवनतर्फ जादै गरेको ना ५ ख ७७२१ नंबरको ट्रकले चितवन तर्फबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश ०३–००४ प ६९७३ नंबरको बुलेट मोटरसाइकलाई ठक्कर दिइ दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौडा – ८ कमाने बस्ने ४५ वर्षिय दिनेश कार्कीको उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

 

ट्रकको ठक्करबाट टाउको र शरिरको बिभिन्न भागमा चोट लागी उपचारको लागि नया मेडिकल कलेज चितवनमा उपचार भइरहेकोमा गएराती डाक्टरले मृत घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*