बागमती गाउँपालिका वडा नं ३मा जनतासँग जनप्रतिधीजनप्रतिनिधि कार्यक्रम सम्पन्न

बकैया दर्पण संवाददाता
१२ जेष्ठ २०८१, शनिबार २१:४८

बकैया दर्पण : मकवानपुरको पूर्वी बागमती गाउँपालिका वडा नम्बर ३ का स्थानीय बासिन्दाहरुले जनप्रतिनिधिसंग वडामा बाह्रै महिना सञ्चालन हुने सडक सञ्जालको माग गरेको छ ।

जनतासँग जनप्रतिधी तथा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम तर्जुमा कार्यक्रममा आफ्ना भनाइहरु राख्दै स्थानीयहरूले सो माग राखेका हुन् । कार्यक्रममा उनीहरुले कृषि उत्पादन र व्यवस्थित बजारको समेत माग गरेका छन् ।

वडा भारी विद्युतीकरण, शिक्षा र स्वास्थ्यको उचित प्रबन्ध रोजगारीको व्यवस्थामा स्थानीय सरकार लाग्नु पर्ने सहभागीहरूको धारणा थियो । वडा नम्बर ३ का वडाध्यक्ष कमान सिंह पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमूख अथितिको रुपमा बागमती गाउँपालिकाका उपाध्यक्ष फनिन्द्र तिमल्सिना रहनु भएको थियो ।

कार्यक्रममा वडामा भद्रभलाद्मी, समाजसेवी, शिक्षक, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखित उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*