बकैयामा दर्ता भयो बकैया अटो ब्यवसायी समुह

बकैया दर्पण संवाददाता
१२ जेष्ठ २०८१, शनिबार ०८:२३

बकैया दर्पण :बकैया गाउँपालिकाले पालिका भित्र संचालन हुने अटो तथा ई.रिकसाहरुलाई ब्यवस्थापन गरि पालिकाकोअवस्यकता ट्राफिक ब्यबस्थापन सहजता ,बजार ब्यवस्थापन गर्न तथा सवारी यात्रु सवारी चालक सवारी धनिहरुको हित प्रवर्द्धन गर्दै स्थानिय यातायात सुरक्षा र नियामन गर्न बकैया अटो ब्यावासायी समूह सुचारु गरेको छ ।

यस समुह  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ट) ले प्रदान गरेको अधिकार कार्यान्वयन गर्न र सोही ऐनको दफा ११ को उपदफा ४ (ट) बमोजिम संघ तथा प्रदेश कानुन बनी अन्यथा व्यवस्था भएमा सोही बमोजिम हुने गरी हाल उल्लेखित व्यवस्था कार्यान्वयन गरी पालिका क्षेत्रमा चल्ने अटो तथा ई. रिक्साको दर्ता, अनुमति, नवीकरण र नियमनको व्यवस्था गरी पालिका क्षेत्रलाई आवश्यक अटो तथा ई. रिक्साहरुको संख्या निर्धारण, रुट निर्धारण, भाडा दर निर्धारण तथा नियमन जस्ता कार्यलाई व्यवस्थित गर्दै ऊर्जावाट चल्ने सवारी साधनलाई प्रवर्द्धन गर्दै यातायात सुरक्षालाई भरपर्दो र विश्वसनीय बनाउन बकैया अटो ब्यवसायी दर्ता गरिएको बकै अटो ब्यवसायी समुहका सस्थापक बिजय भोलनले बकैया दर्पणलाई जानकारी दिएका हुन।

उक्त समुहका सस्थापक बिजय भोलननले जति पनि पालिका भित्र भएका ३ पांग्रे सवरी साधन दर्ता गराई संचालन गर्न सम्पुर्ण अटो चालकलाई अनुरोध गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*