बागमतीमा आगलागी हुँदा घर र गोठ जलेर नष्ट

बकैया दर्पण संवाददाता
१२ जेष्ठ २०८१, शनिबार ०४:३८

बकैया दर्पण : पूर्वी मकवानपुरको बागमतीमा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ । बागमती–३ तिनभङालेमा बिहीवार तारानाथ दङ्गालको घरमा आगलागी हुँदा करिव १२ लाख बराबरको क्षति भएको हो ।

राती अचानक आगलागी हुँदा आगो नियन्त्रणमा लिन नसक्दा घर, गोठ पुरै जलेर नष्ट भएको स्थानीय विवेक सिंतानले जानकारी दिए । आगलागीमा अन्नपात, लत्ताकपडा, नगद, जिन्सी, नागरिकता र अन्य कागजातहरू सबै जलेर नष्ट भएको छ ।

आगलागी भएको स्थानमा उद्धारका लागि राइगाउँ प्रहरी, वडाध्यक्ष कमान सिं पाख्रिन, वडा सदस्य तुल बहादुर मोक्तान लगायतका पुगेका थिए । घर, गोठ, अन्नपात सबै जलेर नष्ट भएका आगलागी पीडितलाई वडाबाट आवश्यक सहयोग गर्ने वडा अध्यक्ष  कमान सिं पाख्रिनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*