बकैया दर्पण : सुर्खेतमा भएको मिनी बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
दैलेखको दुल्लु नगरपालिकाको भुकाँहबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको प्रदेश ०२-००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका दुबै जनाको सनाखत हुन सकेको छैन।
बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूको उपचारको लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली कियरमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिका-७ को गोजेनी जङ्गल नजिक मिनीबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।