प्रहरी जवानको हत्यामा संलग्न ६ जना पक्राउ

बकैया दर्पण संवाददाता
६ जेष्ठ २०८१, आईतवार ११:२७

बकैया दर्पण :  प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो।

उनी ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*