मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०८१, शनिबार ११:४९

काठमाडौं : मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्।

ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार  अनियन्त्रित भई  बकैया–१२ चौतारास्थित कान्ति लोकपथ सडकखण्डमा दुर्घटना भएको हो।

कार सडकबाट करिब ४००-५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

घाइते तीनैजना पुरुष रहेको तर परिचय खुलन नसकेको प्रहरीले जनाएको छ। दुईजनालाई उद्धार गरी अस्पताल पठाएको र अर्का एकजनाको उद्धार भइरहेको डीएसपी भण्डारीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*