बकैयामा १५ शैयाको आस्पताल शिलान्यास

बकैया दर्पण संवाददाता
२ जेष्ठ २०८१, बुधबार १४:२३

बकैया दर्पण : बकैयाको गरगरेमा आज १५ शैयाको बाकैया अधारभूत अस्पतालको भवनको शिलान्यास भएको छ ।

हरेक स्थानीय स्तरमा अस्पतालको पहुँच विस्तार गर्ने सरकारको नीति अनुसार बकैयामा पनि यो अस्पतालको निर्माण कार्य शुरू भएको हो । जम्मा २१ करोड ३० लाख लागत लाग्ने गरी निर्माण कार्य शुरू गरेको अस्पतालको निर्माण अवधि २ वर्षको रहने छ ।

यो अस्पताल निर्माण पछि बाकैयका स्थानीयहरूले ठूलो रोगको उपचार बाहेक अन्य उपचारको लागि पालिका बाहिरको अस्पतालहरू धाउन पर्ने समस्याको अन्त्य हुनेछ । गाउँमा नै अस्पताल निर्माण हुने भएपछि बकैया बसी समेत निकै खुशी छन् ।

शिलान्यास कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने ,उपाध्यक्ष भक्तबाहादुर खत्री , प्रमूख प्रशासकीय अधिकृत महेश श्रेष्ठ , वडा नं ४ का अध्यक्ष राजन दंगाल र स्थाथानिय बुद्द्धिजीवीरुको उपस्त्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*