बकैयाले शुरू गर्यो दाना उत्पादन

बकैया दर्पण । बकैयाकाे औद्योगिक ग्राममा आजबाट गाईको दाना उत्पादन परीक्षण शुरू गरिएको छ ।
भर्खरै निर्माण सम्पन्न भएको उद्योगबाट किसानहरूको मागलाई ध्यानमा राखेर गाउँपालिकाले आगामी दिनमा दाना उत्पादनलाई निरन्तरता दिने हेतुले उद्योगको परीक्षण शुरू गरेको हो । आगामी दिनमा दाना उत्पादन पश्चात पालिका भित्रका किसानले सस्तो मूल्यमा गुणस्तरीय दाना प्राप्त गर्ने पालिका स्रोतले बताएको छ।
स्थानीय स्तरमा नै यसरी कृषि दाना उत्पादन गर्ने बकैया गाउँपालिका नेपालकै पहिलो पालिका हो ।यसरी दाना उत्पादन कार्य गर्दा कृषकले सुविधा प्राप्त गर्ने बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनु भएको छ ।