बकैया १ को सरस्वती माध्यमिक बिद्यालयको बिध्यार्थिहरुलाई ५५ थान साईकल वितरण

बकैया दर्पण संवाददाता
३० बैशाख २०८१, आईतवार २२:२६

बकैया दर्पण । बकैया गाउँपालिका वडा नं १ मा रहेको सरस्वती माध्यमिक बिद्यालय मोरोङेमामा बिध्यार्थिको शैक्षिक सुधारका लागी ५५ वटा साईकल बितरण गरेको छ।

बकैया गाउँपालिका वडा नं १ मा रहेको सरस्वती माध्यामिक बिद्यालयमा बकैया गाउँपालिका बाट विनियोजित बजेड ५ लाख बराबर रकम अन्तरगत बाट वडा नं १ मोरोङे द्वारा   ५५ वटा साईकल बितरण गरेको बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री ज्युले बकैया दर्पणलाई जानकारी दिनु भएको हो ।


बिद्यालयमा यसरी साईकल वितरण गर्दा बिद्यालयमा शैक्षिक सुधार तथा बिद्यालय प्रती बालबालिकाको आकर्षण हुने अनुमान गर्न सकिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*