सामाजिक सञ्जाल मार्फत आफ्नै श्रीमतीको चरित्रहत्या गरेको अभियोगमा बकैयाको एक युबक पक्राउ

बकैया दर्पण संवाददाता
३० बैशाख २०८१, आईतवार १६:४०

बकैया दर्पण । सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत आफ्नै श्रीमतीको चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नं. ७ चुलुङ्गा घर भई काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने पीडितकै श्रीमान् २४ वर्षीय पुरूष रहेका छन् ।

वैदेशिक रोजगारीमा रहँदा ह्वाट्सएपमार्फत कुराकानी गर्ने क्रममा श्रीमान–श्रीमती बिचमा आदान प्रदान भएका गोप्य अङ्ग देखिने तस्विर–भिडियो सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई अपलोड गरी पीडितको साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा समेत पठाई चरित्र हत्या गरेको नेपाल प्रहरीले जनाएको छ ।

पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा ती पुरूषको संलग्नता खुल्न आएपछि उनलाई बिहीवार पक्राउ गरेको हो ।

पक्राउ परेका पुरुष उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*