प्रधानमन्त्री प्रचण्ड युद्ध अपराधी हुन्, तुरुन्तै राजीनामा दिनुपर्छ : गोविन्द केसी

बकैया दर्पण संवाददाता
३० बैशाख २०८१, आईतवार १६:२८

काठमाडौंको पशुपति क्षेत्रस्थित मृगस्थलीमा प्रधानमन्त्री दाहालको राजीनामासहित ४ बुँदै माग राख्दै आमरण अनसनमा बसेका उनले संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहाल अभियुक्त भएकाले देश चलाउन नमिल्ने बताए।

उनले प्रधानमन्त्री दाहालले पदबाट तत्काल राजीनामा दिएर संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सहयोग गर्नुपर्ने बताए। प्रधानमन्त्री दाहालले अभियुक्त भएर देश चलाउने कुनै अधिकार नभएको वरिष्ठ चिकित्सक केसीको भनाइ थियो।

उनले द्वन्द्वकालको मुख्य अभियुक्त हुँदाहुँदै दाहाल प्रधानमन्त्री बन्दा पनि अरुले त्यसको विरोध नगरेकोमा आक्रोश पनि व्यक्त गरे।

उनले भने, ‘अपराधीहरु प्रधानमन्त्री, मन्त्री बन्ने? मैले भनिहाले नि–त्यस्तो हुन सक्दैन। उनले राजीनामा दिनुपर्छ। राजीनामा दिएर यो संक्रमणकालिन न्याय प्रक्रियालाई निष्पक्ष ढंगले टुंगोमा पुर्‍याउन उसले सहयोग पुर्‍याउनुपर्छ । हो, निर्दोष छन् भने प्रधानमन्त्री बन, मन्त्री बन, मलाई कुनै आपत्ति छैन। तर अभियुक्त भएर देश चलाउन सक्दैन, देश चलाउन पाउँदैन।’

वरिष्ठ चिकित्सक केसीले स्वास्थ्य शिक्षा निःशुल्क हुनुपर्ने, गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा तत्काल संचालन गर्नुपर्ने लगायतका विगतमा मेडिकल क्षेत्रको सुधारका लागि आफूसँग सरकारले गरेको सबै सहमति कार्यान्वयन हुनुपर्ने माग पनि राखेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*