दाङमा बन्चरो प्रहार गरी दुई महिलाको हत्या

बकैया दर्पण संवाददाता
३० बैशाख २०८१, आईतवार ०७:०८

बकैया दर्पण : घोराही उपमहानगरपालिका-१० पहेलपारमा शनिबार अपराह्न एक अटो चालकले बन्चरो प्रहार गरी दुई महिलाको हत्या गरेका छन् ।

अटो चालक रोल्पा थबाङ घर भई हाल घोराही-१७ चौघेरा बस्ने ५८ वर्षीय टेकबहादुर घर्तीले बन्चरो प्रहार गरी सुर्खेत घर भई हाल घोराही-१० पहेलपार बस्ने ४४ वर्षीया संगीता सुनार र रूकुम घर भई पहेलपार बस्ने ५० वर्षीया जुपली बुढाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले बताए ।

घर्तीले सधैंजसो दुई महिलालाई अटोमा बजारबाट घर छोड्ने गरेको र शनिबार पनि घर छोडेको केहीबेरमा विवाद भएपछि बन्चरो प्रहार गरी घरमै हत्या गरेको केसीले बताए । हत्यापछि घर्ती अटो छोडेर भागेका थिए । उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

केसीका अनुसार घर्तीले प्रारम्भिक बयानमा दुई महिलाले लामो समयदेखि अटोमा चढेर पैसा नदिएपछि आक्रोशित भएर हत्या गरेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*