अटो दुर्घटना हुँदा चालकको मृत्यु

बकैया दर्पण संवाददाता
२९ बैशाख २०८१, शनिबार २१:५२

वकैया दर्पण – अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकाको पैयाँखोर भन्ने स्थानमा रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–३ निवासी २७ वर्षीय चालक जीवन घर्तीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर बजारबाट पैयाँखोरेतर्फ जाँदै गरेको अटो शनिबार बिहान दुर्घटनामा परेको हो । गम्भीर घाइते हुनुभएको चालक घर्तीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार अनियन्त्रित भएर सडकदेखि करिब ३० मिटर तल खोलामा खसेको थियो । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*