राजेन्द्र महतोको प्रदर्शनमा झडप: ६ जना घाइते, एक प्रहरीको अवस्था गम्भीर

बकैया दर्पण संवाददाता
२४ चैत्र २०८०, शनिबार १६:१६

बकैया दर्पण। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आइतबार काठमाडौँमा झडप भएको छ । झडपका क्रममा कम्तीमा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार घाइते हुनेमा ४ जना प्रदर्शनकारी र दुई जना प्रहरी रहेका छन् । घाइते प्रहरीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चार जना प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।

खुलामञ्च जाने भनिएको ऱ्याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको थियो। झडपका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*