बालिका करणी गरेको आरोपमा परियार पक्राउ

बकैया दर्पण संवाददाता
२४ चैत्र २०८०, शनिबार ०५:४९

बकैया दर्पण। खोटाङमा १२ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।

मावली घरमा बस्दै आएकी बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ डाँडागाउ नालीका ३५ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौका पारेर बालिकालाई चैत २२ गते दिउँसो ललाई फकाई जवरजस्ती करणी गरेको जाहेरीका आधारमा परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । बालिकालाई जवरजस्ती करणी गरेको खबर पाए लगत्तै प्रहरीचौकी दिप्रुङ चुईचुम्माबाट खटिएका प्रहरीको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो । राजधानी बाट 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*