भ्यानको ठक्करबाट २ विद्यार्थी घाइते

बकैया दर्पण संवाददाता
२३ चैत्र २०८०, शुक्रबार १३:३१

बकैया दर्पण । हेटौंडा उपमहानगरपालिका वडा नं.९ हनुमान मन्दिर अगाडिको सडकमा भ्यानले ठक्कर दिदा दुई जना विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा तुल्सीमेयर ईङ्लिस बोडिङ स्कुलका बिद्यार्थी १३ बर्षीया पाल्मु घलान र १० बर्षीय पाल्देन घलान रहेका छन् ।

पुर्वपश्चिम सडकखण्डमा वीरगञ्जबाट हेटौंडातर्फ आउदै गरेको बा.प्र.०३–००१–ज ३८७ नम्बरको इभि भ्यानले बिहीबार दिउँसो घलान दिदिभाई्लाई ठक्कर दिएर घाइते बनाएको बागमती प्रदेश प्रहरीले प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएको दुबैलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।अनिरुद्र खबर बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*