वाइडबडी प्रकरण : तत्कालीन मन्त्री शाहीसहित ३२ जनाविरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा

बकैया दर्पण संवाददाता
२२ चैत्र २०८०, बिहीबार १४:५७

बकैया दर्पण । नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले १ अर्ब ४७ करोड १० लाख ८५ हजार बिगो दाबीसहित बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको विशेष अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीले लोकान्तरलाई जानकारी दिए ।

जहाज खरिदको निर्णय गर्ने तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, मन्त्रालयका तत्कालीन सचिव शंकर अधिकारी र निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारसहित ३२ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको हो ।

२०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा शाही पर्यटन मन्त्री बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*