वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ

बकैया दर्पण संवाददाता
२१ चैत्र २०८०, बुधबार १९:२६

बकैया दर्पण ।दुबई पठाइदिन्छु भन्दै झण्डै ३ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई

महोत्तरीको मनहरा गाउँपालीका ८ घर भई हाल काठमाडौँको गौशाला बस्ने मोतीबाबु अन्सारीलाई प्रहरीले मंगलबार निज बस्ने स्थानबाट पक्राउ गरेको हो।
महोत्तरीको मनहरा गाउँपालीका ८ घर भई हाल काठमाडौँको गौशाला बस्ने मोतीबाबु अन्सारीलाई प्रहरीले मंगलबार निज बस्ने स्थानबाट पक्राउ गरेको हो।

मोतीबाबुले विजयकुमार शाह नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि दुबई पठाइदिन्छु, आकर्षक तलब हुन्छ भन्दै २ लाख ८० लाख रुपैयाँ लिई फरार भएका थिए।

मोतिबाबुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

यस्तै, मलेसिया पठाइदिन्छु भन्दै १ लाखभन्दा बढी रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

झापाको बाह्रदशी गाउपालिका ९ घर भई हाल काठमाडौको बुढानीलकण्ठ नगरपालिका ९ बस्ने ज्ञानवती ताजपुरियालाई प्रहरीले मंगलबार काठमाडौँको बुढानीलकन्ठ नगरपालिका १० कपनबाट पक्राउ गरेको हो।

ज्ञानवतीले भगवान महतो नाम गरेका एक जनालाई वैदेशिक रोजगारका लागि मलेसिया पठाइदिन्छु, आकर्षक तलब हुन्छ भन्दै १ लाख २५ हजार रुपैयाँ लिई फरार भएकी थिइन् ।

ज्ञानवतीलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*