सुनसरीको दुहबीमा पनि चौधरी ग्रुपद्वारा सार्वजनिक जग्गा कब्जा !

बकैया दर्पण संवाददाता
१६ चैत्र २०८०, शुक्रबार २२:२७

बकैया दर्पण । अर्बपति विनोद चौधरीको ग्रुपले सुनसरीको दुहबीमा गैरकानुनीरूपमा ११ क‌ट्ठा १३ धुर सार्वजनिक जग्गा चौधरीले हडपेको पाइएको छ ।

चौधरीको समूहले जग्गा कब्जा गरेपछि यस विषयमा अख्तियारले समेत छानबिन गरिरहेको पाइएको छ । सुनसरी जिल्लाको दुहबी आदर्श गाविस वडा नम्बर ७ (हाल दुहबी नगरपालिका वडा नं-५) मा रहेको सो जग्गा विनोद चौधरीले बुबा लुनकरण दास र आमा गंगादेवी चौधरीको नाममा ‘लुनकरण दास-गंगादेवी चौधरी च्यारिटी हस्पिटल बनाउने भन्दै आफ्‌नो नाममा गरेको पाइएको हो ।

दुहबी गाविसको नाममा रहेको उक्त ७ (ख) कि.न. १९ ज.वि (०-९-८) ९ कट्ठा आठ धुर जग्गा र त्यहाँ रहेको भवन चौधरी ग्रुपले २०५० साल चैत २३ गते १ लाख रूपैयाँ गाविसलाई दिएर च्यारिटीको नाममा जग्गा लगेको पाइएको हो ।

जग्गा हस्तान्तरणको लागि गाविसका अध्यक्ष ध्रुवनारायण विश्वास, उपाध्यक्ष गौरीशंकर रौनियारसहित ११ जनाले हस्ताक्षर गरेर निर्णय गरेको पाइएको छ भने अन्य ७० जनाले समर्थन गरेका थिए ।२०४९ साल चैत्र ४ गते बुधबार तत्कालीन दुहबी गाविसको बैठकले जग्गा दिने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*