मकवानपुरगढीको सुकौरामा एम्बुलेन्स दुर्घटना:चालक तितुङ गम्भीर घाइते

बकैया दर्पण संवाददाता
१४ चैत्र २०८०, बुधबार ०९:४३

बकैया दर्पण।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स मंगलवार साँझ दुर्घटनामा परेको छ । बिरामी पुर्याएर फर्किर्दैं गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालक पेमारत्न तितुङ गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा एम्बुलेन्स चालक ३६ बर्षिय पेमारत्न तितुङ घाइते भएका हुन । उनको हेटौंडामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बागमती प्रदेश ०१–००३ झ ५८०६ नम्बरको सरकारी एम्बुलेन्स आफंै अनियन्त्रित भइ अन्दाजी २०० मिटर तल मकवानपुरगढी–७ नरसिंह डाँडामा खसेको थियो ।

दुर्घटनामा चालकको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको र अवस्था भने गम्भीर रहेको छ । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको मकवानपुरगढी गाउँपालिका वडा नं ७ का वडा सदस्य प्रतिमान रुम्बाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*