कर्णाली पुलबाट नदीमा हामफाले १७ युवा, एक बेपत्ता

बकैया दर्पण संवाददाता
१३ चैत्र २०८०, मंगलवार ११:४१

बकैया दर्पण ।कर्णाली पुलबाट नदीमा हामफाले १७ युवा, एक बेपत्ता
होली खेलेर आएका १७ युवा कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकपछि अर्को गर्दै हामफालेका छन् । तीमध्ये एक बेपत्ता भएका छन्।
प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका ३० वर्षीय लोकेन्द्रबहादुर शाही बेपत्ता भएका हुन्।

सोमबार बेलुकीसम्म खोजी गर्दा पनि नभेटिएपछि खोजी कार्य रोकिएको छ। प्रहरीले गोताखोर प्रयोग गरिए पनि बेपत्ता भएका शाही नभेटिएको जनाएको छ । मंगलबार बिहानबाट पुनः खोजी सुरु गरिने प्रहरीले जनाएको छ।

युवाहरूले हामफालेको र डुंगाबाट खोजी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। सोमबार दिउँसो ती युवाहरूले कर्णाली नदीमा हाम फालेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*