घरघरमा खानेपानी पुग्ने भएपछी बकैया ३ का स्थानीय दङ्ग

बकैया दर्पण संवाददाता
९ चैत्र २०८०, शुक्रबार २०:३८

बकैया दर्पण । बकैया गाउँपालिका वडा नं ३ हात्तिसुंडे डिप बोरिङ खानेपानी योजनाका समिति द्वारा ९ घरधुरीमा खानेपानी संचालन गरेको छ ।

बकैया वडा नम्बर ३ को स्थानीयहरुले आज देखि आ-आफ्नो घरघर खानेपानी सुबिधा पाउने भएको छ ।बिगत केही बर्षको अथाह प्रयास पछि आज घरघर खानेपानी पुगेको हो ।

हात्तिसुंडे डिप बोरिङ खानेपानी समितिले करिब ५०० घर धुरिको लागी पुर्याउने हेतुले यो कार्य संचालन गरेको थियो तेसै अनुरुप आज करिब ९ घर धुरिको लागी घरघरमा खानेपानी पुर्याएको हो ।


यो कार्यप्रती स्थानिय पनि मख्ख छन।यसरी घरमा अन्यत्र बाट पानी ल्याउनु पर्ने समस्या समधान भएपछी खानेपानी समितिका अध्यक्ष पुष्पराज गौतम पनि अत्यन्तै खुशी भएको बकैया दर्पणलाई सुनाएका हुन ।

आज ९ घर धुरिलाई खानेपानी जडान गर्ने क्रममा बकैया गाउँपालिका वडा नं ३ का अध्यक्ष भुमल सिं घलानको उपस्थितिमा उक्त खानेपानी जडान कार्य सम्पन्न भएको हो ।

अब यस खानेपानी जडान कार्य आजै देखि निरन्तर दिदै सम्पुर्ण स्थानियलाई खानेपानी समस्य समाधान गर्ने जानकारी गराएका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*