हात्तिसुंडे डिप बोरिङ खानेपानी योजानाको काम अन्तिम चरणमा

बकैया दर्पण संवाददाता
८ चैत्र २०८०, बिहीबार २१:०९

बकैया दर्पण । बकैया गाउँपालिका वडा नं ३ मा संचालन भैरहेको हात्तिसुंडे डिप बोरिङ खानेपानी योजानाको सम्पुर्ण काम अन्तिम चरणमा पुगेको छ।

यस डिप बोरिङ खानेपानी आयोजना सम्पन्न पश्चात् करिब ५०० घरधुरीका स्थानियले स-शुल्क घरघरमा खानेपानी सेवा लिनेछन ।

यस खानेपानी संचालन हुने भएपछि करिब ४५ घर धुरिले फारम भर्ने कार्य भैइरहेको हात्तिसुंडे डिप बोरिङ खानेपानी समितिका अध्यक्ष पुष्पराज गौतम बताउनु भयो ।

साथै फारम भरी सकेका स्थानियहरुलाई यहि २०८० चैत ९ गते शुक्रबार देखि खानेपानी सुचारु गर्ने भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*