बकैयामा हट्यो औषधी अभावको समस्या

बकैया दर्पण संवाददाता
८ चैत्र २०८०, बिहीबार १९:२१

बकैया दर्पण।लामो समय देखि बकैया गाउँपालिकाको स्वास्थ केन्द्रहरुमा रहेको औसधी अभावको समस्या समधान हुने भएको छ ।

बकैया गाउँपालिकाले गुणस्तर हिन औषधी आपूर्तिलाई विस्थापन गर्दै गुणस्तरीय औषधी आपूर्ति प्रक्रियाको थालनी गर्दा औषधी आपूर्तिमा केही ढिला भएको हो ।

तर अहिले सम्पुर्ण प्रक्रिया पूरा गरि गुणस्तरीय औषधी आपूर्ति भैसकेको हुदा अबको २ देखि ३ दिन भित्र सम्पुर्ण स्वास्थ केन्द्रहरूमा औषधि पुगिसक्ने बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताउनु भएको छ।

बिगत केही समयदेखि स्वास्थ केन्द्रहरुमा औषधी अभाव हुदा स्थानीयहरुले गुनासो व्यक्त गरेका थिए।

नेपाल सरकार बाट नि-शुल्क वितरण हुने औषधीहरु बकैया गाउँपलिकामा आईसकेको हुनाले अबको दिन देखि औषधी अभावको समस्या झेल्नु नपर्ने बकैया स्वास्थ प्रमुख फटिकरमण प्याकुरेलले बताउनु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*