वडा अध्यक्ष फुलमान भोम्जनको पहलमा एक दिने समसामियिक बिषयबस्तु संम्बन्धी प्रशिक्षण तथा गोष्टि सम्पन्न 

बकैया दर्पण संवाददाता
२८ फाल्गुन २०८०, सोमबार १९:३१

बकैया दर्पण । बकैया गाउँपालिका वडा नं ६को अध्यक्ष फुलमान भोम्जनको पहलमा पहिलो पटक बकैया गाउँपालिका सामुदायिक बन समुहरुलाई एक दिने समसामियिक बिषयबस्तु संम्बन्धी प्रशिक्षण तथा गोष्टि कार्यक्रम सम्पन्न भएको छ।

यहि २०८० साल फागुन २८सोमबार गतेका दिन जुइना स्वास्थ्य केन्द्रको भवनमा बकैया गाउँपालिका वडा नं ६ को आयोजनामा वडा भित्र रहेको ८ वटा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष उपाध्यक्ष कोषाध्यक्ष र सचिब गरि ४ -४ जनाकोको उपस्थितिमा समसामियिक बिषयबस्तु संम्बन्धी प्रशिक्षण तथा गोष्टि कार्यक्रम संचालन भएको हो ।

उक्त कार्यक्रममा बन समुहले साझेदारी गरेर कसरी बिकास कार्य संचालन कसरी गर्ने सामुदायिक बन समुहलाई संचालन गर्न कसरी सकिन्छ डडेलो नियन्त्रण कसरी गर्ने भन्ने बिषय बस्तुमा छलफल गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री रहनु भएको थियो भने प्रशिक्षकको रुपमा बन अधिकृत पुर्ण प्रसाद पोखरेल फरेस्टर होम नाथ बस्तोला रहनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*