प्रत्येक दिन घरबाट निस्किएका करिब ७ जना नेपाली घर फर्किदैनन्

बकैया दर्पण संवाददाता
१७ फाल्गुन २०८०, बिहीबार १०:३९

अप्रिय र दुःखदायी यस्ता घटना नेपाली समाजको लागि नयाँ होइनन् । प्रत्येक दिन कुनै न कुनै स्थानमा दुर्घटना हुन्छ, कसै न कसैको ज्यान गएकै हुन्छ । सडक दुर्घटनामा परी मानिसको ज्यान नगएको कुनै दिनै हुन्न ।

सुन्दा नमिठो लाग्छ– विभिन्न कामका सिलसिलामा घरबाट निस्कने नेपालीमध्ये प्रत्येक दिन औसतमा करिब ७ जना घर फर्किदैनन् ।  उनीहरू सडक दुर्घटनाको शिकार हुने गर्छन्, जसरी शुक्रबार एकै ठाउँमा तीन जना बालबालिका भए ।

यो डरलाग्दो तथ्याङ्क नेपाल प्रहरीको हो । प्रहरीका अनुसार, पछिल्लो साढे ९ वर्षमा सडक दुर्घटनामा परी नेपालमा २२ हजार ९८४ जनाले ज्यान गुमाएका छन् । अर्थात् प्रत्येक वर्ष औसतमा २ हजार ४१९ र प्रत्येक दिन औसतमा ६.६२ जनाको मृत्यु सडक दुर्घटनामा हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*