बिधुतको पोल भाचिदा वडा सदस्य तितुङको मृत्यु

बकैया दर्पण संवाददाता
१६ फाल्गुन २०८०, बुधबार १४:५२

बकैया दर्पण । मकवानपुरको बकैया गाउँपालिका वडा नं ७ को वडा सदस्य रामकुमार तितुङको बिजुलिको पोल भाचिएर मृत्यु भएको हो।

मंगलवार बकैया ७ मामदमास्थित आफनै घर अगाडि हिडिरहेको बेला एक्कसी बिजुलिको पोल भाचिएर थिचिएपछि गम्भीर घाईते भएको तितुङको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो।

मंगलवार दिउँसो २बजे घर अगाडि हिड्दै गरेको अवस्थमा सडकको छेवैको बिजुलिको खम्बा हावले भाचिएर तितुङको सरिरमा बजारिरिएको थियो घाईते पस्चात उपचारको लागि हेटौंडा चुरेहिल हस्पिटल लगिएको थियो।

चुरेहिल हस्पिटलमा उपचार गर्न असम्भव भएपछि थप उपचारको लागि चितवन नया मेडिकल कलेज लगिएको थियो उपचारको क्रममा बुधवार बिहान ३ बजे  तितुङको मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*