त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ बागमती गोल्डकपको फाइनलमा प्रवेश ।

बकैया दर्पण संवाददाता
८ फाल्गुन २०८०, मंगलवार १९:२२

बकैया दर्पण । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार बागमती-८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

एपीएफको जीतमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरे । खेलको ३ मिनेटमा फोफनाले गरेको गोलले नै जीतको लागि पर्याप्त भयो । खेलको म्यान अफ द म्याच एपीएफका बुद्धिमान राई घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जीतसँगै एपीएफले फाइनलमा मछिन्द्र फुटबल क्लबको भेट पक्का गरेको छ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५-१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ ।

बिहिबार एपीएफ र मछिन्द्रबीच उपाधीका लागि भिडन्त हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सवर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*