बकैया एथलेटिक्स संघ द्वारा :दौड प्रतियोगिता हुने

बकैया दर्पण संवाददाता
४ फाल्गुन २०८०, शुक्रबार ०७:३५

बकैया दर्पण।बकैया एथलेटिक्स संघको आयोजनामा एथलेटिक्स बिधाको दौड प्रतियोगिता हुने भएको छ ।

यहि फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारी दौड प्रतियोगिता गर्न लागिएको एथलेटिक्स संघ बकैयाका अध्यक्ष राजकुमार तिमल्सिनाले बकैया दर्पणलाई जनाकारी दिनु भएको हो ।

उक्त दौड प्रतियोगिता बकैया गाउँपालिका भित्र रहेका ब्याक्तीहरुको मात्रै समाबेश गरिने छ ।प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो हुने प्रतियोगीहरुलाई क्रमस ३ हजर २ हजार र १ हजार सहित प्रमाणपत्र मेडल पाउनेछन।

बकैया गाउँपालिकामा बकैया एथलेटिक्स संघको आयोजनामा गर्न लागिएको यो दौड प्रतियोगिता दोस्रो प्रतियोगिता हो ।पहिलो दौड प्रतियोगिता बकैयाको वडा नं ३ मा भएको थियो भने दोस्रो दौड प्रतियोगिता वडा नं ४ मा हुने छ ।

प्रथम दौड प्रतियोगिताको उपाधी भने बकैया वडा नं ७ का लोक बहदुर बस्नेतले हात पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*