बागमती गोल्डकप: आज आयोजक बागमती र हिमालयन शेर्पा भिड्दै

बकैया दर्पण संवाददाता
२ फाल्गुन २०८०, बुधबार ०८:३०

बकैया दर्पण।  पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार एक खेल हुँदैछ । बागमती-८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा आयोजक बागमती खेलकुद विकास समिती र ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

दुई टिमबिचको खेल दिउँसो २ बजे सुरु हुनेछ । आजको विजयी टोलिले क्वाटरफाइनमा स्थान बनाउनेछ । हिमालयन शेर्पा तेस्रो संस्करणको उपविजेतासमेत हो । विजयी टिमले क्वाटरफाइनलमा फाल्गुन ६ गते विभागीय क्लब त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

नकआउट चरणमा सुरु भएको प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । यस संस्करणको विजेताले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*