प्रथम ल्होछार8A साईड फुटबल प्रतियोगिताको उपाधी करौंजे युवा क्लब बागमती १ लाई

बकैया दर्पण।जारी प्रथम ल्होछार 8A साईड फुटबल प्रतियोगिता आज भएको फाईनल खेल सङै करौंजे युवा क्लबले उपाधी हासिल गरेको हो ।
नाङसाल युवा क्लबको आयोजना र बागमती गाउँपालिका वडा नं ३ मुख्य प्रायोजनमा नव निर्मित सहिद स्मृति खेल मैदान तिनतलेमा २० गते देखि संचालन रहेको थियो ।तामाङ समुदायको ल्होछारको अवसर पारी खेल संचालन भएको खेल ल्होछार अर्थात अज माघ २७ गते फाईनल खेल भएको थियो।
आज भएको खेलमा करौजे युवा क्लब बगमती १ र उच्च कुडुले युवा क्लव बकैया ९ बिच दिउँसो २ बजे भएको खेलमा निर्धारित समयमा बराबरिमा टुंगिएपछी खेल ट्राईब्रेकरमा प्रवेश गरेको थियो ट्राईब्रेकरमा करौंजे युवा क्लब बागमती १ ले ३-१ को गोल अन्तर गर्दै बिजेता बनेको हो ।भने उच्च कुडुले युवा क्लब बकैया ९ ले उपबिजेतामा चित्त बुझाएका हुन।
उक्त खेलमा बिजेता टिमले नगद रूपैयाँ ५० हजार ,सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन भने उप-बिजेता टिमले नगद रुपैंयाँ ३० हजार सहित सिल्ड, मेडल र प्रमाण-पत्र पाए साथै सर्वाधिक गाेल कर्ता अबिशेक भोलनले नगद पाँच हजार रुपैंंया प्राप्त गरेको हो ।उत्कृष्ट खेलाडी को लागि पाचहजार युवा समाजसेवी बिकास जिम्बाले गर्नु भएको थियो ।
समापन कार्यक्रममा प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामी(छिन्तु)को प्रमुख अतिथी र बिशिस्ट अतिथी बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान साथै अतिथिमा वडा नं ३ का अध्यक्ष कमान सिङ पाख्रीन र सभा अध्यक्षमा नाङ्साल क्लबका अध्यक्ष देव लामा रहेका थिए।