प्रथम ल्हाेछार कप 8A साईड फुटबल प्रतियाेगिताकाे फाईनल खेल भोलि हुने

बकैया दर्पण संवाददाता
२६ माघ २०८०, शुक्रबार १८:५७

बकैया दर्पण ।प्रथम ल्हाेछार कप 8A साईड फुटबल प्रतियाेगिताकाे फाईनल खेलमा कराैंजे युवा क्लब बागमती- १ र उच्च कुडुले युवा क्लब बकैया ९- बिच भिडन्त हुने छ ।

पूर्वी मकवानपुरकाे बागमती गाउँपालिका वडा नम्बर -३ स्थित गढन सहिद स्मृति खेल मैदानमा जारी प्रथम ल्होछार कप “8A साईड खेलको फाईनल खेल भोलि १बजे हुने छ।

हिजो भएको खेल पश्चात् भोलि फाईनल खेल हुने भएको हो गत माघ २० गते देखि सन्चाल भएको खेल सहर्द वतवरणमा सम्पन्न भएको थियो ।

नाङ्साल युवा क्लवद्वारा आयाेजना गरिएकाे प्रतियाेगितामा १८ समुहकाे सहभागिता रहेकाे थियाे । जहाँ आयाेजक ३ समुह सहित बागमती गाँउपालिकाकाे विभिन्न वडा र छिमेकी बकैया गाउँपालिका संगै चाैघडा, हेटाैडा सहित १८ समुहकाे सहभागिता रहेकाे थियाे ।

मकवानपुरको बगमती गाउँपालिकाको – ३ नम्बर वडा कार्यालयकाे मुख्य प्रायोजन र काेटेश्वर काठमाण्डाैकाे सह प्रायाेजनमा पहिलो पटक ल्होछार 8A साईड पुरुष फुटबल प्रतियोगिता भएकाे हाे ।

प्रतियाेगितामा चार लाख बराबरकाे खर्च हुने आयाेजकले जनाईएकाे छ ।

साथै खेलकाे २७ गते फाईनल सँगै बेलुकी तिन्तले बुद्ध मुर्तिमा ल्हाेछार मेला लाग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*