प्रथम ल्होछार कप; फाईनलमा बागमती-१ र बकैया- ९भिड्दै ।

बकैया दर्पण संवाददाता
२५ माघ २०८०, बिहीबार १९:१५

बकैया दर्पण ।प्रथम ल्हाेछार कप 8A साईड फुटबल प्रतियाेगिताकाे फाईनल खेलमा कराैंजे युवा क्लब बागमती- १ र उच्च कुडुले युवा क्लब बकैया- बिच भिडन्त हुने भएकाे छ ।

पूर्वी मकवानपुरकाे बागमती गाउँपालिका वडा नम्बर -३ स्थित गढन सहिद स्मृति खेल मैदानमा जारी प्रथम ल्होछार कप “8A साईड” फुटबल प्रतियोगिता-२०८० को खेल तालिका आजबाट फाईनलमा प्रवेश गरेकाे हाे ।

आजकाे पहिलाे सेमिफाईनल खेलमा झुरझुरे युवा क्लव बागमती -४ लाई पेनाल्टी सुटमा हराउदै उच्च कुटुली युवा क्लब बकैया- ८ फाईनल प्रवेश गरेकाे हाे ।
त्यस्तै सेमिफाईनलकाे दाेस्राे खेलमा कराैंजे युवा क्लव फाईनल प्रवेश गरेकाे छ । त्रिवेणी युवा क्लव बकैया- २ संग खेलकाे पहिलाे हापमा कराैंजे जर्सी नं. १३ का खेलाडी राेधिन्द्र राईकाे १ गाेल फाईनल प्रवेशकाे निर्णायक गाेल बनेकाे थियाे ।

आज खेलकाे म्यान अफ द म्याच पनि घाेषणा भएकाे छ । कराैंजे युवा क्लब जर्सी नं. १३ का खेलाडी राेधिन्द्र राई म्यान अफ द म्याच घाेषणा भए संगै प्रमुख अतिथि कमान सिं पाख्रिनबाट नगद दुई हजार रुपैंया हस्तान्तरण गरिएकाे थियाे । नगदकाे व्यवस्था बागमती -७ लामिटारका कमल लाेप्चनले गरेकाे थियाे ।

प्रतियाेगिताकाे अन्तिम (फाईनल) खेल यहि माघ २७ गते हुने भएकाे छ ।

उक्त खेलमा बिजेता टिमले नगद रूपैयाँ ५० हजार ,सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन भने उप-बिजेता टिमले नगद रुपैंयाँ २५ हजार सहित सिल्ड, मेडल र प्रमाण-पत्र पाउने छन । साथै सर्वाधिक गाेल कर्ता खेलाडीले नगद पाँच हजार रुपैंंया पाउने भएकाे छ ।

नाङ्साल युवा क्लवद्वारा आयाेजना गरिएकाे प्रतियाेगितामा १८ समुहकाे सहभागिता रहेकाे थियाे । जहाँ आयाेजक ३ समुह सहित बागमती गाँउपालिकाकाे विभिन्न वडा र छिमेकी बकैया गाउँपालिका संगै चाैघडा, हेटाैडा सहित १८ समुहकाे सहभागिता रहेकाे थियाे ।

मकवानपुरको बगमती गाउँपालिकाको – ३ नम्बर वडा कार्यालयकाे मुख्य प्रायोजन र काेटेश्वर काठमाण्डाैकाे सह प्रायाेजनमा पहिलो पटक ल्होछार 8A साईड पुरुष फुटबल प्रतियोगिता भएकाे हाे ।

प्रतियाेगितामा चार लाख बराबरकाे खर्च हुने आयाेजकले जनाईएकाे छ ।

साथै खेलकाे २७ गते फाईनल सँगै बेलुकी तिन्तले बुद्ध मुर्तिमा ल्हाेछार मेला लाग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*