प्रथम ल्होछार कपमा आज पनि तीन खेलः बकैया ८, बागमती ४ र बागमती १ विजय

बकैया दर्पण संवाददाता
२२ माघ २०८०, सोमबार २०:३९

बकैया दर्पण ।पूर्वी मकवानपुरकाे बागमती गाउँपालिका वडा नम्बर -३ स्थित गढन सहिद स्मृति खेल मैदानमा जारी प्रथम ल्होछार कप फुटबल प्रतियोगितामा आज पनि ३ खेल भएकाे छ । आज भएकाे खेलमा बकैया ८, बागमती ४ र बागमती १ ले पहिलाे चरणकाे खेलमा जित हाँसिल गरेकाे हाे ।

बकैया- ८ कुटुली र बागमती- ४ साततले बिच विहान ११ वजे सुरु भएकाे खेलमा बकैया- ८ कुटुली युवा क्लबले ५-१ गाेलकाे अन्तरले जित हाँसिल गरेकाे हाे । कुटुली युवा क्लव जर्सी नं. ७ का अविषेक भाेलनले ५ गाेल गरेका थिए भने न्यु जेनेरेशनकाे तर्फबाट १ गाेल फर्काएका थिए ।

त्यस्तै दिउसाे १ वजे सुरु भएकाे दाेस्राे खेलमा झुरझुरे युवा क्लव बागमती ४ ले जित हाँसिल गरेकाे छ । चाैघडा युवा क्लब हेटाैडासंगकाे खेलमा १-० गाेल गर्दै जित हाँसिल गरेकाे हाे । खेलकाे दाेस्राे हापमा झुरझुरेका जर्सि नं. ११ का ङेमा लामा थिङले गाेल गर्दै जित हाँसिल गरेकाे हाे ।

अर्काे दिउसाे ३ बजे भएकाे लामिटार युवा क्लव र १ नं. वडा कार्यालय कराैंजे विचकाे खेल बराबरिमा सकिए पछि पेनाल्टी पश्चात १ नं. वडा कार्यलयले जित हाँसिल छ ।

भाेली माघ २३ गते पनि तीन खेल हुनेछ । आयाेजक B संग कराैंजे युवा क्लव र आयाेजक C संग राईगाँउ युवा क्लब बिचकाे खेल हुनेछ ।

दाेस्राे चरणको खेल तालिका भाेलि सार्वजनिक हुने आयाेजकले जनाएकाे छ ।

उक्त खेलमा बिजेता टिमले नगद रूपैयाँ ५० हजार ,सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन भने उप-बिजेता टिमले नगद रुपैंयाँ २५ हजार सहित सिल्ड, मेडल र प्रमाण-पत्र पाउने छन ।

खेल अवधि भर धेरै गाेल गर्ने खेलाडीले नगद रु पाँच हजार पाउनेछ ।

मकवानपुरको बगमती गाउँपालिकाको  -३ नम्बर वडा कार्यालयकाे मुख्य प्रायोजन र काेटेश्वर काठमाण्डाैकाे सह प्रायाेजनमा नाङसाल युवा क्लबले आयोजना तथा बागमती गाउँपालिकाको समन्वयमा पहिलो पटक ल्होछार 8A साईड पुरुष फुटबल प्रतियोगिता २० गते देखि सञ्चालन भैरहेकाे छ । फाईनल खेल माघ २७ हुने जनाईएकाे छ ।

प्रतियाेगितामा तीन लाख खर्च हुने अनुमान गरिएकाे अध्यक्ष देव लामा स्याङतानले जानकारी दिनुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*