प्रथम ल्होछार 8A साईड फुटबल प्रतियोगिताको सामाजिक बिकास मन्त्री कुमारी मोक्तान द्वारा उद्घाटन

बकैया दर्पण ।प्रथम ल्होछार 8A साईड फुटबल प्रतियोगिताको उद्घाटन सामजिक बिकास मन्त्री कुमारी मोक्तान ज्युले गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमको सभा अध्यक्षमा नाङ्साल युवा क्लबका अध्यक्ष देब बहादुर रहनु भएको थियो भने प्रमुख अतिथी सामजिक बिकास मन्त्री कुमारी मोक्तान रहनु भएको थियो भने अतिथिहरुमा वडा नम्बर ३ का वडा अध्यक्ष कमान सिङ पाख्रीन लगाएत विभिन्न राजनितिक दल तथा बुद्धिजीवीहरुको अतिथ्यमा सम्पन्न भएको हो ।
अतिथिज्युहरु बाट आयोजक टिमलाई बधाई तथा शुभकामना शुभकामना व्यक्त गर्नु भएको थियो ।
बागमती गाउँपालिकाको वडा नम्बर ३ तिनतलेको सहिद स्मृति खेल मैदानमा आज भएको उद्घाटन खेल बकैया शिक्षक टिम र आयोजक टिम A बिच भएको थियो ।
खेलको निर्धारित समयमा २ :२ गोलमा खेल सकिएपछि खेल ट्राईब्रेकरमा प्रवेश गरेको हो ।
ट्राईब्रेकरमा ४:५ को अन्तरले बकैया शिक्षक टिमले जित हासिल गरेको हो ।
उक्त खेलमा बिजेता टिमले ५० हजार नगत सिल्ड मेडल प्रमाणपत्र पाउने छन भने उप-बेजेताटिमले नग २५ हजार सहिद सिल्ड मेडल प्रमाणपत्र पाउने छन।