एस्थर बेन्जामिन फाउन्डेशन द्वारा बकैयाका १० बिद्यालयलाई शैक्षिक सामग्री वितरण

बकैया दर्पण संवाददाता
१९ माघ २०८०, शुक्रबार २२:४९

बकैया दर्पण । एस्थर बेन्जामिन मेमोरियल फाउन्डेसन जिल्ला कार्यलय मकवानपुर द्वारा संचालित स्थानिय स्तरमा संचालित परियोजानहरुको वार्षिक समीक्षा तथा सामाजिक परिक्षण कार्यक्रमको अवसरमा बकैया गाउँपालिकामा रहेका १० बिद्यालयहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

 

आज भएको एस्थर बेन्जामिन मकवानपुरले गरेको कार्यक्रममा शैक्षिक सामाग्री पाउने बिद्यालयमा कालिका माबी बकैया -९ शिखरपुर,पशुपति प्राबी बकैया -७,कालिदेबी आबि बकैया -११सिमात,सरस्वती आबि बकैया १०मन्थली ध्वाकोट प्राबी बकैया १०,लोकतान्त्रिक प्राबी बकैया १०,जनजागृती माबी बकैया ८ बिरेफाट,वालकल्याण प्राबी बकैया १,बाघ भैरव आबि बकैया -४थली र शंकर आबि बकैया -१० मन्थली रहेका छन।

उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथी बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछनेले वितरण गर्नु भएको थियो ।

कार्यक्रममा एस्थर बेन्जामिन फाउन्डेसन सस्थालाई प्रमुख अतिथी लगायत वडा नम्बर ३,४,९,१०,११,५,का वडा अध्यक्षहरुले हार्दिक धन्यवाद दिनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*