प्रथम ल्हाेछार कप’ पुरुष फुटबल प्रतियाेगिता हुने

बकैया दर्पण संवाददाता
११ माघ २०८०, बिहीबार १२:२०

बकैया दर्पण ।तामाङहरुकाे महान पर्व साेनाम ल्हाेछारकाे अवसरमा मकवानपुरकाे बागमती- ३ स्थित रहेकाे गढन सहिद स्मृति खेल मैदानमा ‘प्रथम ल्हाेछार कप’ पुरुष फुटबल प्रतियाेगिता हुने भएकाे छ ।

नाङसाल युवा क्लबकाे आयोजना तथा बागमती – ३ नं. वडा कार्यलयकाे प्रायाेजनमा प्रथम ‘ल्हाेछार कप’ 8A side फुटबल प्रतियाेगिता सञ्चालन हुने भएकाे छ ।

तामाङ भाषा, धर्म र सँस्कृतिकाे संरक्षण एवम् प्रवर्धन गर्ने उदेश्यका साथ तामाङहरुकाे महान पर्व साेनाम ल्हाेछारकाे अवसर पारेर प्रतियाेगिताकाे आयाेजना गर्न लागेकाे नाङसाल युवा क्लबका अध्यक्ष देब लामाले बताउनु भएको हो ।

प्रतियाेगिता यहि माघ २० गतेदेखि २७ गतेसम्म सञ्चालन हुने जनाईएकाे छ । आयाेजक नाङ्साल युवा क्लवले एक सुचना जारि गर्दै समूह दर्ताकाे लागि आह्वान गरिएकाे छ । समूह दर्ता शुल्क ५ हजार लाग्ने र दर्ता मिति यहि माघ १६ गते सम्म रहने जनाईएकाे छ ।

प्रतियाेगिताकाे उपाधि विजेता टिमले ५० हजार नगद पुरस्कारका साथै इतिहांसकै पहिलाे “प्रथम ल्हाेछार कप” पाउने आयोजकले जानकारी गराएकाे छ । त्यसैगरी, उपविजेता टिमले ३० हजार पुरस्कार प्राप्त गर्नेछन ।

यहि माघ १८ गते खेल तालिका सार्वजनिक हुनेछ । माघ २० गते बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी माेक्तानद्वारा प्रतियाेगिताकाे उद्घाटन हुने आयाेजकले जनाईएकाे छ ।

विगत देखि नै हरेक वर्ष साेनाम ल्हाेछारकाे अवसरमा अमिताभ बुद्ध र गुरु रिन्पाेछेकाे (१६ फिट) मुर्ती रहेकाे तिन्तलेमा ल्हाेछार मेला लाग्ने गर्दथ्याे । विगत भन्दा फरक तरिकाले यस पर्वलाई मनाउन लागिएकाे र विश्वभरि छरिएर रहनु भएका तामाङहरुलाई आ-आफ्नाे स्थानबाट आफ्नाे संस्कृति संरक्षणमा लाग्न पर्ने क्लबका अध्यक्षले हामीसंगकाे कुराकानीमा बताउनु भएको हो ।

फुटबल प्रतियाेगिताकाे फाईनल २७ गते हुनेछ र साे दिन वेलुका रातभर तिन्तलेमा मेला लाग्ने जनाईएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*