बागमती गोल्डकपको छैठौं संस्करण आगामी फाल्गुन १ गतेबाट

बकैया दर्पण संवाददाता
९ माघ २०८०, मंगलवार ०५:३२

बकैया दर्पण । बागमती गाउँपालिका खेलकुद विकास समितीको आयोजनामा हुँदै आएको बागमती गोल्डकप फुटबल प्रतियोगिताको छैठौं संस्करण आगामी फाल्गुन १ गतेबाट हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बागमती गोल्डकप फुटबलका लागि फाल्गुन १ देखि १० सम्मका लागि मिति दिएको आयोजकले जनाएको छ। एन्फाबाट मिति प्राप्त भएपछि छैठौं संस्करणको तयारीमा जुटेको बागमती गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष टिकालाल श्रेष्ठले बताए।

मकावनपुर जिल्लाकाे बागमती गाउँपालिकाको जनता माद्यामिक विद्यालयको मैदानमा हुने प्रतियोगितामा ६ वटा ए डिभिजन क्लब, ३ मोफसल क्लबहरु र आयोजक टिम सहभागी हुने बाइएको छ। प्रतियोगितामा १० टिमले भाग लिनेछन्। गत वर्षझैं यस वर्ष पनि प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*