कांग्रेस सह-महमन्त्री डिनाद्वारा खानेपानी योजनाको शिलान्यास

बकैया दर्पण संवाददाता
७ माघ २०८०, आईतवार २१:५९

बकैया दर्पण । आइतबार बकैया गाउँपालिका ११ स्थित कुन्चीपोकल आहाले सिमात खानेपानी योजनाको लागि यस चालू आ.व.२०८०/०८१मा बागमती प्रदेश सरकारबाट बिनियोजित बजेट रु.५०,००,०००|_(पचास लाख) )रुपैयाँको कांग्रेस सह-महामन्त्री डिना उपाध्यायले शिलान्यास गर्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथि रहेकी उनले निर्वाचनमा पराजित भएपनि जनताको समस्या समाधानका लागि केन्द्र र प्रदेश सरकारसँग पहल गर्ने बताएकी हुन् । ‘मकवानपुरको क्षेत्र नम्बर १ को आमुल परिवर्तनका लागि, यहाँका समस्या समाधानमा सक्दो लागिपर्ने प्रतिबद्धतासहित चुनाव लड्न आएको थिएँ,यहाँका जनताले पत्याएनन्’, डीनाले भनिन्, ‘यहाँको समस्यालाई नजिकबाट बुझेको छ ।

समस्या समाधानका लागि केन्द्र र प्रदेश सरकारसँग पहल गर्नेछु ।’ निर्वाचनको समयमा बकैया र बागमती गाउँपालिकाले धेरै माया गरेको स्मरण गर्दै उनले त्यो मायालाई कहिल्यै टुट्न नदिने प्रतिबद्धता जनाइन् ।

निर्वाचनमा पराजित भएपनि चुनावको बेला गरेका प्रतिबद्धताहरु पूरा गर्न प्रयास गर्ने उनले दोहो¥याइन् । चुनावको समयमा आफ्नै उम्मेदवारलाई घात गर्नेहरुलाई पार्टीको आन्तरिक निर्वाचनबाटै ठेगान लाउनुपर्ने उनको भनाई थियो ।

युवालाई देशमै केही गर्ने वातावरण बनाउने गरी स्थानीय र प्रदेश सरकारले काम गर्नुपर्ने सहमहामन्त्री डीनाको सुझाव थियो । बकैया गाउँपालिकाको ११ नम्बर वडाका सर्वसाधारणको लागि खानेपानीको समस्या समाधान गर्न बजेट विनियोजन गरेकोमा उनले प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रममा बिशिस्ट अतिथी बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तीर्थ लामाले योजना समयमा सम्पन्न गर्न उपभोक्ता समितिलाई आग्रह गर्नुहुदै ,योजना सम्पन्न गर्न बजेट्को अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो।

उपभोक्त समिती अध्यक्ष शुकराम घलानको अध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुली ,कांग्रेस महासमिति सदस्य दिनेश उपाध्याय, महाधिवेशन प्रतिनिधि मिठाराम दाहाल ,प्रदेश क, सभापति शुसान्त कुमार श्रेष्ठ ,बकैया ११ र १२ का वडा अध्यक्ष गोपाल बहादुर नेसुर,ज्ञानेन्द्र बजगाइ ,बकैया १० का नि बर्तमान वडा अध्यक्ष सोम बहादुर तिमल्सिनाको साथै स्थानीय उपभोक्ता हरुको उपस्थिति रहेको थियो।

यस खानेपानी आयोजनाले करिब १५० घर धुरी लाभान्वित हुने कुरा वडा नम्बर ११ का अध्यक्ष गोपाल नेसुरले बकैया दर्पनलाई जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*