नेपाल तामाङ घेदुङ बकैयाले वडा समिती गठन गर्दै

बकैया दर्पण संवाददाता
३ माघ २०८०, बुधबार १८:४१

बकैया दर्पण ।बकैया गाउपालिकामा रहेको १२ वटै वडामा नेपाल तामाङ घेदुङ बकैयाको समिती द्वारा वडा समिती गठन गरिरहेको हो ।

नेपाल तामाङ घेदुङ संघ बकैया मकवानपुर द्वारा एक साता देखि वडा समिती गठन गरिरहेको नेपाल तमाङ घेदुङ बकैयाका अध्यक्ष लक्ष्मी लोप्चन (जिम्बा )ले आजभएको वडा नम्बर ७ को  वडा समिती गठन कार्यक्रममा बताउनु भएको हो ।

उक्त कार्यक्रम नेपाल तामाङ घेदुङ बकैयाका बिशिस्ट उप-अध्यक्ष बिस्वराज स्याङतानको सभाध्यक्षमा कार्यक्रम संचालन भएको थियो भने प्रमुख अतिथी प्रदेश सदस्य ठुलिमाया मोक्तान,बिशेश अतिथिमा वडा नम्बर ७ र ५ का अध्यक्ष द्वय मानबहादुर सिङतान र  लक्ष्मी लोप्चन जिम्बा अतिथिमा वडा नम्बर वडा सदस्य रामकुमार तितुङ रहेको थियो ।

उक्त कार्यक्रममा वडा नम्बर ७ को ११ सदस्य समिती गठन गरेको हो ।जसमा अध्यक्ष सन्तलाल सिङतान उपाध्यक्ष डोल्मा थिङ भोम्जन उपाध्यक्ष प्रदिप घलान कोषाध्यक्ष रामबाबु थिङ सचीव रामकुमार तितुङ सह-सचीवमा रन्जित भोलन सदस्यहरुमा देबेन्द्र स्याङतान हरिलाल स्याङतान सुनिता लामा सुश्मिता पाख्रीन सुन्तली गोले र भिम स्याङतान रहेका छन।

कर्यक्रममा १२ वटा वडा मध्ये अब १र २ नम्बर वडामा मत्रै वडा समिती गठन गर्न बाकी रहेको नेपाल तामाङ घेदुङ बकैयाका अध्यक्ष लक्ष्मी लोप्चन जिम्बाज्युले बकैया दर्पणलई बताउन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*