माघ ७ गते  राजा ज्ञानेन्द्र शाह हेटौंडामा

बकैया दर्पण संवाददाता
३ माघ २०८०, बुधबार १८:०३

बकैया दर्पण । बागमती प्रदेशको राजधानी हेटौंडामा आउदो माघ ७ गते  राजा ज्ञानेन्द्र शाह आउने हुनुभएको छ ।

हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आरधाना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि राजा ज्ञानेन्द्र हेटौंडा आउने हुनुभएको हो ।

आज रिपोर्टस क्लब मकवानपुरको समन्वयन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर द्वारा आयोजित पत्रकार सम्मेलनमा  राजा ज्ञानेन्द्र आउने कार्यतालिकाको बारेमा जानकारी दिइएको हो ।

राजा ज्ञानेन्द्रलाई ७ गते दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यस्तै दिउँसो १२ः३० मा हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा मा राजा ज्ञानेन्द्रद्वारा पुजाआरधाना, २ः३० मा हेटौंडा–१० स्थित भूटनदेवी मन्दिरमा पूजा आरधानासहित शुभेच्छुक भेटघाट र ४ः३० मा हेटौंडा रिसोर्टमा खेलप्रमी,बुद्धिजिवी,व्यवसायीहरु लगाएत सम्बन्धित व्यक्तित्वहरुसँग भेटघाट गरी सोहि दिन राजा ज्ञानेन्द्र हेटौंडाबाट र्फकिने कार्यतालिका रहेको राष्ट्रिय प्रजातन्त्र पार्टि मकवानपुरका प्रवक्ता आयुष डोटेलले जानकारी दिए ।

मकवानपुर क्षेत्र नम्बर– १ का प्रतिनिधि सभा सदस्य तथा पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिहंले ७ गते हुने कार्यक्रमको लागि १ हजार १ सय ११ जनाको मुल समारोह समिति तथा १० वटा उपसमितिहरु गठन गरिएको बताउनुभयो ।

‘कार्यक्रममा पार्टिको नभई नेपालको राष्ट्रिय झण्डा बोकिनेछ । हामीले पूर्व रजा ज्ञानेन्द्रलाई अभिभावक मानेका छौं । देशैभर जनतासँग राजाको प्रत्यक्ष भेटघाट कार्यक्रम भईरहेको बेला मकवानपूरमा पनि उत्साहजनक रुपमा कार्यक्रम सम्पन्न हुनेमा हामी विश्वस्त छौं।’ सिहंले बताउनुभयो ।

रिपोर्टस क्लब मकवानपुरका अध्यक्ष बलराम पुडासैनीको सभाध्यक्षता तथा मकवानपुर क्षेत्र नम्बर– १ का प्रतिनिधि सभा सदस्य तथा पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिहंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य रामहरि न्यौपाने, सचिव गुञ्ज बहादुर न्यौपाने, बागमती प्रदेश सदस्य ध्रुव प्रसाद सञ्जय, राप्रपा मकवानपुरका प्रवक्ता आयुष डोटेल, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठा केन्द्रीय सचिव सरस्वति थिङ् लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*