छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप माघ १६ देखि

बकैया दर्पण संवाददाता
२ माघ २०८०, मंगलवार १७:४७

बकैया । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुँदै आएको स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको छैठौं संस्करण आगामी माघ १६ गतेबाट हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुर गोल्डकप फुका लागि माघ १६ देखि २७ सम्मका लागि मिति दिएको आयोजकले जनाएको छ । एन्फाले मिति प्राप्त भएपछि छैठौं संस्करणको तयारीमा जुटेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताए ।

गौरिटार रंगशालामा हुने प्रतियोगितामा विभागीयसहित ‘ए’ डिभिजन क्लब, विदेशीसहित मोफसलका टिमहरु र आयोजक एन्फा मकवानपुर ११ टिम सहभागी हुने बाइएको छ । प्रतियोगितामा १२ टिमले भाग लिनेछन् ।

 

गत वर्षझैं यस वर्ष पनि प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।यसअघि सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल प्राप्त गर्दै आएका थिए।सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल नै दिने गरी पहल भैरहेको आयोजकले जानकारी दिएको छ।

मकवानपुर गोल्डकपको पाँचौ संस्करणबाट २ लाख १० हजार ४४५ रुपैयाँ बचत भएको थियो । पाँचौ संस्करणको फाइनलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लबले उपाधि जितेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*